मौसमविद् भन्छन्– चिसो बढ्ने क्रममा छ, एक महिनासम्म कायम रहने छ – Janadesh Daily | ePaper

मौसमविद् भन्छन्– चिसो बढ्ने क्रममा छ, एक महिनासम्म कायम रहने छ


जनादेश वेदर वाच।

केही दिन यता लगातार चिसो बढ्ने क्रममा छ । आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । मौसमविद् बरुण पौडेलले बिहान पौने ६ बजे काठमाडौंको न्यनूतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिए ।

उनका अनुसार आज काठमाडौंमा बदली हुनेछ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहनेछ । यद्यपि, दिउँसो बिहानको तुलनामा केही खुल्नेछ ।

“बदली भए पनि पानी भने पर्दैन । अझै केही दिन पानी पर्ने सम्भावना छैन । अहिलेको मौसम जस्तो छ त्यस्तै रहनेछ । तर, चिसो भने बढ्दै जानेछ,” उनले भने ।

अबको एक महिनासम्म चिसो बढ्ने उनको भनाइ छ । “अझै तापक्रम घट्दै जानेछ । यो क्रम अझै एक महिनासम्म रहनेछ,” मौसमविद् पौडेलले भने । तराईमा हस्सु, पहाडमा कुहिरो र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले चिसो बढ्नेछ ।

“राति आकाश खुल्यो भने बिहान तापक्रम घट्छ, जसका कारण चिसो बढ्छ । दिउँसो बादल लाग्दा दिउँसो पनि चिसो हुन्छ,” पौडेल भन्छन्, “त्यसैले अबको एक महिना जाडो हुन्छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्