काठमाडौंको मौसमः बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस – Janadesh Daily | ePaper

काठमाडौंको मौसमः बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस


जनादेश वेदर वाच।

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आज आंशिक बदलीदेखि मौसम समान्यतः सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हिमपात र बाक्लो हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्