आजको मौसमः उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस – Janadesh Daily | ePaper

आजको मौसमः उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस


जनादेश वेदर वाच।

हाल (आइतबार बिहान) देशका प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइ क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशभर पहाडी तथा हिमाली धेरै भूभागमा र तराईका केही भूभागमा बादल लागेर तथा तराईका थोरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम
आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। यो तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्