कोरोना भाइरसका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित    – Janadesh Daily | ePaper

कोरोना भाइरसका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित   


अकल्याण्ड 

रासस/एएफपी) ः न्युजिल्याण्डमा कोरोना भाइरसको प्रकोपको त्रासका कारण यहाँको निर्वाचन अनिश्चत बनेको समाचार छ ।
न्युजिल्याण्डमा प्रधानमन्त्रीलाई निर्वाचनका कारणले अप्ठेरो परेको बताइएको छ । यसअघि न्युजिल्याण्डमा पनि कोरोना भाइरसको प्रकोप रहेकोमा हाल भने प्रकोप रहेको छैन ।

तर पनि यहाँ कोरोना भाइरसको अर्काे वेभ आउनसक्ने भएकोले गर्दा आगामी संसदीय निर्वाचन हुने भनिएकोमा त्यसको त्रास रहेको बताइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले केही दिनमै लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । सो सुझावअनुसार यहाँको सरकारले लकडाउन गर्नसक्ने अनुमान पनि गरिएको छ । सोही कारण यहाँको आम निर्वाचन पनि नहुने हो कि भन्ने त्रास बढेको बताइएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डरिनले लकडाउन गर्नु पर्ने या नपर्ने भन्ने विषयमा यहाँका स्वास्थ्य अधिकारीहरुसँग भेट तथा परामर्श गरिरहनु भएको बताइएको छ ।

यहाँका लाखौँ नागरिक होम स्टेमा बस्नुपर्ने अवस्था पनि हुनसक्ने अनुमान गरिएकोले गर्दा प्रधानमन्त्री जासिन्डाले यस विषयमा यहाँका स्वासथ्य अधिकारीहरुसँग परामर्श गरिरहनु भएको बताइएको हो ।

यहाँ आगामी सेप्टेम्बर महिनाको १९ तारिखमा संसदको निर्वाचन हुने भएको छ । तर सो निर्वाचन केही समय परसार्नु पर्ने बारेमा प्रधानमन्त्रीले छलफल थाल्नुभएको हो ।

न्युजिल्याण्डको संसदको म्याद यही बुधबार सकिएको छ । यसअगावी सेप्टेम्बरका लागि निर्वाचन ताकिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्