प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित  – Janadesh Daily | ePaper

प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित 


काठमाडौँ,

सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ ।

विभागले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको हो ।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजूरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिने भएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्