सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग – Janadesh Daily | ePaper

सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग


सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ ।

चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो ।

सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरा पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँको विशेष पहलमा सो सामग्री दिन लागिएको हो ।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिराबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ ।

यी खाद्य सामग्रीले बाढीपहिराबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ ।

न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि विभिन्न सहयोग गर्दै आएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्