स्थानीयतहबाट राष्ट्रिय परिचयपत्र र प्रदेशबाटै ड्राइभिङ लाइसेन्स उपलब्ध हुने – Janadesh Daily | ePaper

स्थानीयतहबाट राष्ट्रिय परिचयपत्र र प्रदेशबाटै ड्राइभिङ लाइसेन्स उपलब्ध हुने


जनादेश, काठमाण्डौं ।  सरकारले पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने कुरा समेटिएको हो ।

Driving license examination system revised to increase pass percentage - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

एउटै काममा धेरै कागजातहरू बुझाउनुपर्ने झञ्झट हटाउन राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण समावेश गरी पालिकाहरूबाट वितरण गर्ने व्यवस्था गर्ने बताइएको छ । त्यस्तै सबै प्रदेशबाट सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने समेत साझा कार्यक्रममा समेटिएको छ ।

सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटरहित बनाउन तथा जनतालाई लाइनको सास्तीबाट मुक्त गराउनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सरकारी अस्पताल, यात्रुवाहक सवारी साधन, ठेकापट्टा लगायतका सेवामा अनलाइन प्रणाली, टाइम कार्ड तथा टोकन प्रणाली लागू गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

 

यसका साथै ई-बिडिबलाई थप प्रभावकारी बनाउने र सरकारले प्रदान गर्ने सेवामा लाग्ने समय एकतिहाइले घटाउने गरी प्रशासनिक सुधार गर्ने कुरा साझा कार्यक्रममा समावेश गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्