काठमाडौं महानगरपालिकाका मेयर बालेनन्द्र साहले मापदण्ड विपरीत किताब र पोशाक बेच्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत साहले विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको बताउँदै सो कार्यमा संलग्न विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
यस अघि पनि अभिभावकबाट गुनासो आएको जनाउँदै उनले लेखेका छन् ,’विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।’