ट्विटरको लोगोमा डोजकोइनको ‘कुकुर’ किन? – Janadesh Daily | ePaper

ट्विटरको लोगोमा डोजकोइनको ‘कुकुर’ किन?


काठमाडौँ  । अर्बपति प्रविधि व्यवसायी इलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसअघि लोगोको रुपमा रहेको ‘निलो चरा’ (ब्लु बर्ड) लाई परिवर्तन गरी उनले अहिले डोजकोइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकर)लाई ट्विटरको लोगो बनाएका हुन् ।

लोगो परिवर्तन भएपछि सोमबार विभिन्न ट्विटर युजरहरूले यसबारे आ-आफ्ना धारणा राखेका थिए । लोगो परिवर्तन भएको केही समयपछि ट्विटरका सीईओसमेत रहेका मस्कले ट्विटरमा रहेको निलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिनेखालको मिम पोस्ट गरेका थिए ।

अझै पनि केही मोबाइल डिभाइसमा भने ट्विटरको लोगोमा निलो चरो नै देखिइरहेको छ । ट्विटरको लोगोको रुपमा डोजकोइनको आइकन आएसँगै डोजकोइनको सेयर भ्यालु २० प्रतिशतले बढेको छ । अहिले डोजकोइनको भ्यालु ०.०७९ डलरबाट ०.०९४ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ ।

मिमको रुपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्विटरको लोगो बनेको छ । परिवर्तन भएको ट्विटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो । केही समयअघि ४४ बिलियन डलरमा ट्विटर खरिद गरेका मस्कले आफू डोज मिमको ठूलो फ्यान भएको बताउँदै आएका छन् ।

मस्कले लोगो परिवर्तनको कारणबारे भने खुलाएका छैनन् । कतिपयले भने अप्रिल फूल मनाएको भनी टिप्पणीसमेत गरेका थिए । एजेन्सीको सहयोगमा
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्