राप्ती इन्जिनियरीङ कलेजमा अध्यनरत विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न – Janadesh Daily | ePaper

राप्ती इन्जिनियरीङ कलेजमा अध्यनरत विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न


जनादेश, दाङ । राप्ती इन्जिनियरीङ कलेज दाङमा अध्यनरत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ १२ औं व्याच, प्रि–डिप्लोमा इन सर्भे र इलेक्ट्रिकल इञ्जिनियरिङ ८ आँै व्याच र प्रि—डिप्लोमा इन सिभिल ७ औँ व्याचका विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्दिय सदस्य शरद अधिकारीले मुलुकमा इञ्जिनियरिङ शिक्षाको माध्यमबाट जीवन स्तर सञ्चालन गर्नमा सहयोगी भुमिका निर्वाह गरेको बताएका छन् । प्रमुख अतिथि अधिकारीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सीपको सहि ठाउँमा सदुपयोग गरी समाज र राष्ट्रको लागि स्मरणीय काम गर्न सकिने बताउँनु भयो । ‘हामीलाई व्यवहारिक शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालाइ अब गाँउबस्तीसम्म लैजान आवश्यक रहेको उहाँले बनाउँनु भयो । विद्यार्थीहरुले श्रमबजारको माग अनुसार कार्य गरी अनुसाशन पूर्वक सबैको मन जित्ने गरी आफ्नो कार्यमा निरन्तर लाग्न आग्रह गर्नुभयो ।

राप्ती इञ्जिनियरीङ कलेजका प्रिन्सिपल एवं कार्यक्रमका अध्यक्ष रेशम गिरीले ‘यस कालेजबाट उत्पादन भएको जनशक्ति स्थानीय, प्रदेश, तथा संघमा रोजगारी प्राप्त गर्न सफल रहेको बनाउँनु भयो लुम्विनी प्रदेशमा कार्यरत ८० प्रतिशत प्राविधिक जनशक्ति राप्ती इञ्जिनियरिङ कलेजको उत्पादन रहेको उहाँले बताउनु भयो । कलेजबाट उत्पादित शैक्षिक जनशक्ति विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउदै प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गर्नुभयो । अब शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको बताउंदै राप्ती इञ्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले समाज र राष्ट्र निमार्णको भावना लिएर अगाडि बढन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि राप्ती इञ्जिनियरीङ कलेजका निर्देशक मधुसुदन बैद्यले विद्यार्थीको सिकाई निरन्तर रुपमा चल्ने भएकोले सिकाई क्रियाकलापलाई समाज विकास र कार्यक्षेत्रमा सही प्रयोग गरी रोजगारी सृजना गर्नमा प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

कलेजका प्रशिक्षक नरेश कुमार थारुको स्वागत मन्तव्यबाट सुरु भएको विदाई कार्यक्रमको सहजीकरण विसिए विभागका विभागिय प्रमुख विश्वबन्धुथापाले गर्नु भएको थियो । सो अवसरमा प्रि—डिप्लोमा इन सिभिल, इलेक्ट्रिकल र सर्भे इञ्जिनियरिङका विद्यार्थीहरुले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्