आजको मौसमः काठमाडौंसहित विभिन्न भागमा वर्षाको सम्भावना – Janadesh Daily | ePaper

आजको मौसमः काठमाडौंसहित विभिन्न भागमा वर्षाको सम्भावना


जनादेश वेदर वाच।

देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“हिजो अस्तिको तुलनामा आज केही कम वर्षा हुने देखिएको छ । तर, वर्षा भने हुन्छ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “आज वाग्मती प्रदेशको काठमाडौं उपात्यकामा पनि वर्षाको सम्भावना छ । बिहानको समयमा काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम देखिन्छ । तर, मध्याह्नदेखि भने वर्षा हुनेछ ।”

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्