बस्नै डरलाग्दो बन्यो काठमाडौंः वायुको गुणस्तर अति अस्वस्थकर, प्रदूषणको मात्रा २२२ एक्यूआई – Janadesh Daily | ePaper

बस्नै डरलाग्दो बन्यो काठमाडौंः वायुको गुणस्तर अति अस्वस्थकर, प्रदूषणको मात्रा २२२ एक्यूआई


जनादेश वाच।

काठमाडौंको वायु फेरि अस्वस्थकर बनेको छ । वातावरण विभागको काठमाडौं उपत्यकाभित्र रहेका प्रदूषण सूचक यन्त्रमा बिहीबार दिउँसो वायु प्रदूषणको मात्रा २२२ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको देखिएको छ ।

विभागका अनुसार बिहीबार अपराह्न ५ बजेसम्म ललितपुरको भैँसेपाटी क्षेत्रमा वायु प्रदूषणको सूचकांक २२२ एक्यूआई पुगेको हो । त्यस्तै, शंखपार्कमा ११८, खुमलटारमा १०३, कीर्तिपुरमा ७७ तथा रत्नपार्कमा ६७ एक्युआई देखिएको छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ, एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । एक्यूआई १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ ।

एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।

चैतयता वन डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । “वन डढेलोको असरले अझै पनि काठमाडौंमा बाक्लो तुवाँलो देखिएको छ । सिमसिम वर्षाले मात्रै यो हट्दैन । ठूलो वर्षा भएपछि मात्रै काठमाडौंको प्रदूषण कम हुने देखिन्छ,” विभागका प्रवक्ता शंकर पौडेलले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्