जनादेश सोसल मिडिया वाच।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति विमति जनाएका छन् । उनले यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीकाे नीति बनाउनु लाग्नुपर्ने बताएका छन् ।
भ्रष्टाचारी नेता काे हाे र उसकाे घर कहाँ हाे सबैलाई थाहा भएकाे भन्दै बालेनले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चाेपल्न पनि आह्वान गरेका छन् । उनले जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।
शनिबार काठमाडाैंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएकाे थियाे, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सहभागी भएका थिए ।
हेर्नुहाेस् बालेनकाे फेसबुक स्टाटस जस्ताकाे त्यस्तै :
भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।