जनादेश, काठमाडौं ।
शुक्रबार काठमाडौंको मनमैजुमा भएको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आङदोर्जे शेर्पा रहेको प्रहरीले जनाउको छ । शेर्पाले गरेको छुरा प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको मृत्य् भएको थियो । शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई जनाबीच भएको विवादका क्रममा शेर्पाले तामाङमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो ।
घटनामा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।