हवाई मार्गबाट बुधबार स्वदेश फर्के एक हजार ३४२ जना – Janadesh Daily | ePaper

हवाई मार्गबाट बुधबार स्वदेश फर्के एक हजार ३४२ जना


असार १७ गते, काठमाडौँ,  विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् । लकडाउनको समय भएपनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र बुधबार आठ वटा उडान भएको विमानस्थलले जनाएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियादबाट २५७ जना, अबुधावीबाट १५२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो । त्यस्तै कतारबाट एक र रियादबाट ११ वटा नेपाली नागरिकको शव पनि ल्याइएकाे त्रिभुवन विमानस्थलले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्