अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो – Janadesh Daily | ePaper

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो


नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा ९सेन्ट्रल एसियन भलिबल एसोसिएसन० महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो ।
हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाैँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो ।
खेलमा पहिलो सेट उज्वेकिस्तानले २५/२० ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछि नेपालले खेलको दोस्रो सेट २५(१६ ले जितेर खेलमा फर्किएयो । यसैगरी खेलको तेस्रो सेट  २५/१५ र चौथो सेट २५/१३ ले जित्यो ।
प्रतियोगिताको उपाधिका लागि आज भारत र काजकिस्तानबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्