आजको मौसमः निम्न चापीय प्रणालीको प्रभावले केही भागमा वर्षा – Janadesh Daily | ePaper

आजको मौसमः निम्न चापीय प्रणालीको प्रभावले केही भागमा वर्षा


जनादेश वेदर वाच।

पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहँदा आज देशका केही भागमा वर्षा हुने भएको छ । केही भू–भागमा बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया साफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।


सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आजराति सुदूरपश्चिम प्रदेशका साथै कर्णाली, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागको भनाइ छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्