जनादेश वेदर वाच।
काठमाडौं उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ । हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो । तर, आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ ।
मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौंमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौंमा आज वर्षाको पनि सम्भावना रहेको छ । “वर्षा भए पनि केही समय मात्रै हुनेछ । र, सामान्य वर्षा हुने भएकाले गर्मी नै हुनेछ,” उनले स्पष्ट पारिन् ।
तराईका जिल्लामा पनि आज उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् शाक्यको भनाइ छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको छ ।