जनादेश, काठमाडौँ ।
महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताल स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत सबैको बिहिबार स्वाब संकलन गरी परीक्षण गरिएका थियो ।
सो रीक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।