आजको मौसमः मध्य तथा पश्चिम तराईमा चौबीस घण्टा उच्च गर्मी – Janadesh Daily | ePaper

आजको मौसमः मध्य तथा पश्चिम तराईमा चौबीस घण्टा उच्च गर्मी


जनादेश वेदर वाच।

देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा आउँदो चौबीस घण्टा अत्याधिक गर्मी हुने सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहँदा मध्य तथा पश्चिम तराईमा भने गर्मी यथावत रहने भएको हो ।

गर्मीबाट हुनसक्ने जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोसी तथा वाग्मती प्रदेशका केही स्थानमा साथै मधेस र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्