घोराहीमा साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न – Janadesh Daily | ePaper

घोराहीमा साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न


जनादेश, घोराही। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको प्रमुख चुनौती रहेको बताउनुभएको छ । शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षाका चुनौती बढेको बताउँनु भयो ।

मन्त्री शर्माले भन्नु भयो, नेपालमा सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ, तर प्रभावकारी कानुन, नीति र नियमावली नहुँदा यसको दुरुपयोगको जोखिम बढेर गएको छ र यसलाई सम्बोधन गर्नुपर्ने चुनौती सरकारका सामु छ।

कमजोर साइबर सुरक्षा कानुनका कारण नागरिकको गोपनियता हनन भई विभिन्न साइबर अपराध हुने गरेको मन्त्री शर्माले बताउँनु भयो । यस्ता दुरुपयोग हुन नदिन सरकारले साइबर सुरक्षा ऐन बनाउँन लागेको उहाँले बताउँनु भयो । ।

‘सूचना र प्रविधिको दुरुपयोग र साइबर अपराधमा भएको वृद्धिले बालबालिका र किशोरकिशोरीलाई मात्र नभई सर्वसाधारणलाई समेत दुःख दिईरहेको छ’, मन्त्री शर्माले भन्नु भयो। यस्ता घटना हुन नदिन सामाजिक सञ्जालको प्रयोगबारे सर्वसाधारणमा सचेतना जगाउनुपर्नेमा कुरामा समेत उहाँले जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री राजु खनालले प्रदेश सरकारले साइबर सुरक्षा ऐन र नीति तर्जुमालाई प्राथमिकतामा राख्ने बताउँनु भयो। उहाँले जनताको जीवनमा सूचना प्रविधिको महत्व र यसको नियमन र सुशासनको आवश्यकतामा समेत जोड दिनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिले सबैको पहुँचमा मोबाइल फोन र इन्टरनेट पुगेकोले समाजको रुपान्तरणमा यसले सहयोग गरेको बताउँनु भयो । साथै उहाँले स्थानीय तहमा पनि साइबर अपराध, सुरक्षा र नीतिबारे छलफल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले सूचना तथा सञ्चार प्रविधिको विकाससँगै बढ्दो साइबर अपराधका बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा मुख्य बत्ताको रुपमा आफ्नो प्रस्तुतीकरण राख्दै उहाँले भन्नु भयो, यस्ता गतिविधिलाई नियन्त्रण गर्न साइबर कानून र नीतिको आवश्यकता छ। साथै डा. गिरीलेले आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा भएको प्रगतिलाई ध्यानमा राख्दै साइबर सुरक्षा, डाटा संरक्षण र गोपनीयता जस्ता क्षेत्रहरूको अध्ययन र अनुसन्धानको महत्त्व समेत उल्लेख गर्नुृभयो। व्यक्तिगन डाटाको सुरक्षा, बिग डाटा, कलाउण्ड कम्प्युटीङको सुरक्षामा सरकारले ध्यान दिनुपर्छ उहाँले भन्नु भयो ।

 

कार्यक्रममा पेपर प्रस्तुत गर्दै नेपाल टेलीभिजनका निमित्तm नायाव महाप्रवन्धक ई. चिन्तामणी बरालले भन्नु भयो, विद्युतीय शासन र सरकारको अभ्यास गर्दे रहेको नेपालले नागरिकहरुलाई प्रदान गरिने सेवाको गुणस्तरमा कमी हुन नदिन सरकारले तत्काल साइबर कानुनी र नीति ल्याउँनु पर्छ । साइबर कानुन नबन्दा हाम्रा सामु धरै चुनौतिहरु रहेकाछन् । प्रहरीले चाहेर पनि कारवाही चलाउँन सकेको अवस्था छैन् ।

त्यस्तै कार्यक्रमका अर्का पेपर प्रतोत्ता नेपाल टेलीकमका म्यानेजर डा.विमल आचार्यले भन्नु भयो, नेपालका हिमाल, पहाड र तराईका सबै स्थानहरुमा ४जी सेवा संचालनमा आएको छ र छिटै ५जी पनि देशका मुख्य सहरहरुमा परीक्षण गरिने तयारीमा रहेको छ । साथै नेपालटेलीकमले साइबर सुरक्षा र गुणस्तरमा निकै ध्यान दिएको पनि छ । सो कार्यक्रममा बोल्दै नेपाल टेलीकमका लुम्बीनी प्रदेश कार्यालय प्रमुख सिवराज खनालले, नेपाल टेलीकमले देशका दुरदराजमा गएर सेवा दिइरहेको बताउँनु भयो ।

साथै उक्त कार्यक्रममा प्रस्तुतीकरण गर्दै नेपाल दुरसंचार प्राधिकरणका निर्देशक ई. विमलकुमार रोयले भन्नु भयो, दुरसंचार प्रधिकरण पुरानो कानुनको भरमा चलेको छ । साइबर सुरक्षा जस्तो महत्वपुर्ण विषयको कानुन हालसम्म पनि बन्न नबन्दा प्राधीकरणलाई समेत अप्ठयारो परेको छ । प्राधिकरणले साइबर सुरक्षामा धरै नै काम गरेतापनि भनेजस्तो परिणाम आउँन सकेको छैन् ।

दाङ जिल्लाका प्रहरी प्रमुख बीर बहादुर वलीले पेपर प्रसतुत गर्दे भन्नु भयो, प्रहरी कहाँ प्रत्येक दिन उजुरी आई रहन्छन् । तिनीहरु मध्ये धरै साइबर अपराधसंग सम्बन्धित हुन्छन् । मान्छेले जानेर वा नजानेर सामाजिक संजाल र प्रविधिको प्रयोगबाट अपराध जन्य कार्य गर्न पुगेको छ । साइबर अपराधलाई कम गर्नको लागि सामाजिक जागरणको जरुरत छ । त्यो एकलैले गरेर सम्भब छैन । राज्यले नै विद्यालय तहदेखि पाठ्यक्रम बनाएर कोर्ष राखी पढाउँनु पर्छ । यदि कसैले जनजानमा साइबर आपराध गरेको भएपनि कानुनले उसलाई नछोडने कुरा एसपी वलीले बताउँनु भयो ।

छलफल कार्ययक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नेपाल टेलीकमका चिफ विजनेस अफिसर ई. संगीता पहाडीले भन्नु भयो, ुनेपाल टेलीकममा आउँने गरेका नागरिकका गुनासाहरुलाई नागरिकतहमै पुगेर सम्बोधन गर्ने कार्य भइरहेको छ । यसको लागि राष्टको संचारको रुपमा काम गरी रहेको नेपाल टेलीकमलाई सबैको साथ र सहयोगको आवश्यकता छ ।

सो कार्यक्रममा क्यान महासंघ दाङ शाखाका अध्यक्ष ई.माधव अधिकारीले दाङ जिल्लामा साइबर सुरक्षा सम्बन्धी राष्टिय सम्मेलनको आयोजना गरिनु खुशीको कुरा भएको बताउँनु भएको छ ।

महारुद्र गुप प्रा.लि., राप्ती ईन्जिनियरिङ कलेज-रिसर्च एण्ड इनोभसन सेन्टर र सिलिकन रिसर्च एण्ड इनोभेसना सेन्टरले आयोजना गरेको उक्त कन्फरेन्सरलाई नेपाल दुरसंचार प्रधिकरण, नेपाल टेलीकम र सुचना प्रविधि विभागको सहयोग रहेको छ ।

सो कार्यक्रममा स्थानीय तहका आइटी अधिकृत, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी, अनुसंधान प्रहरी, विद्यालयका प्रअ तथा कम्प्युटर शिक्षक, जनप्रतिनीधि र सरोकारवालाहरु गरी ३०० जनाको सहभागीता हरेको थियो ।

राप्ती ईन्जिनियरिङ कलेजका प्रिन्सीपल रेशम गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्रवन्ध निर्देशक डा. भीमसेन गिरीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण दामोदर गिरी र विश्वबन्धू थापाले गर्नु भएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्