काठमाडौं महागनगरपालिका मेयर बालेन शाहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन्।
मेयर शाहको पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन्। मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन्।
महानगरपालिका भित्रको वेथिति मौलाउँदै गएको र क्षेत्राधिकार बाहिर गएर महानगर चल्न थालेपछि पदबाट राजनीमा दिएको अर्यालले जनाएकी छन्। अर्यालले आफू लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने बताउँदै यसबारे सम्वाद नै नगरी निर्णय गरेर नगरपालिकाले हस्तक्षेप गर्ने गरेको बताइन्।
उनले महागरपालिकाले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि बताइन्। संस्थागत विद्यालयहरुलाई नियममा बाँध्ने कुरामा आफ्नो पूर्ण समर्थन रहेको उनको भनाइ छ। कम गर्ने क्षेत्रमा आफूलाई कुनै पनि अवरोध नभए पनि समाजसँग जोडिएका क्षेत्रसँग भने दबाब खेप्नु परेको अर्यालले उल्लेख गरिन्।
ठेलागाडादेखि सिनेमा हलसम्ममा गैरकानुनी भए पनि कानुनी रुपमा प्रक्रियागत रुपमा अघि बढ्नु पर्नेमा आफ्नो मत रहेको अर्यालले बताइन्। उनले सिनेमासँगको बन्देजको कुरा आफ्नो पारिवारिक रुपमा समेत जोडिएको बताउँदै मुद्दा मामिलाको रुपमा जाँदा आफू मौन भएर बस्न नसक्ने उनले उल्लेख गरिन्।
मेयर शाहले आफू नियुक्त हुनेबित्तिकै उनलाई सल्लाहकार नियुक्त गरेका थिए।