विश्वकै ठूलो पानी जहाज, ८ किसिमका आवासको व्यवस्था र सात वटा स्विमिङ पुल (फिचर) – Janadesh Daily | ePaper

विश्वकै ठूलो पानी जहाज, ८ किसिमका आवासको व्यवस्था र सात वटा स्विमिङ पुल (फिचर)


जनादेश अन्तर्राष्ट्रिय वाच।

फिनल्यान्डमा विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक पानीजहाज निर्माण सम्पन्न भएको छ। अक्टोबरदेखि सेवामा लगिने यो जहाजलाई परीक्षणका लागि समुद्रमा ओरालिएको छ।

रोयल क्यारिबियन इन्टरनेसनलको आइकन अफ द सिज नाम दिइएको यो जहाज ३६५ मिटर लामो छ। २० वटा डेक भएको यसको तौल २ लाख ५० हजार ८०० टन हुने अनुमान गरिएको छ।

जनवरी २०२४ मा क्यारिबियन सागरमा यसले यात्रा गर्नेछ। त्यतिबेला यो जहाजमा ६ हजार ६१० यात्रु र २ हजार ३५० चालक दलका सदस्य सजिलै अटाउनेछन्। जहाजको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसमा जहाजमा बनेका मध्ये विश्वकै ठूलो वाटरपार्क हुनेछ। जसमा ६ वटा स्लाइड र सात वटा स्विमिङ पुल हुनेछन्।


विश्वकै ठूलो यात्रुवाहक जहाजको कीर्तिमान अहिले रोयल क्यारिबियनकै वन्डर अफ द सिज नामक जहाजको नाममा छ। ३६२ मिटर लामो यो जहाजमा १८ डेक छन्। आइकन अफ द सिजमा भने यात्रुहरुका लागि विभिन्न २८ किसिमका आवासको व्यवस्था छन्।

यो जहाज बनाउने प्रतिदिन २६ सय कामदार खटाइएको बताइएको छ। यही वर्ष जहाजको अर्को परीक्षण हुनेछ।

यो जहाजको चर्चाका कारण जहाजको टिकट अहिले नै बुक भइसकेको छ। यो जहाज वर्षैभरि मायामीबाट सात दिनको छुट्टीका लागि क्यारिबियन सागरमा जाने बताइएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्