गायक निप्पोन लामाले ल्याए ‘आँखाले’ – Janadesh Daily | ePaper

गायक निप्पोन लामाले ल्याए ‘आँखाले’


जनादेश, काठमाण्डौं ।  मिरिक दार्जिलिङ निवासी गायिका अस्मिक खवास र अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोन लामाको सुमधुर स्वरमा  सजिएको  ‘आँखाले’ बोलको  म्युजिक भिडियो  सार्वजनिक भएको छ। प्रेमिल शैलीको  यस गीतमा शिवराज गुरुङको शब्द, संगीत रहेको छ।
गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन्।  बिजेश पौडेलले भिडियोलाई सम्पदान गरेका हुन्। शेखर लामा निर्माता रहेको गीतको भिडियोमा  गायक लामा र गायिका खवास फिचर्ड छन्।

यसअघि १२ वर्षको उमेरमा  गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए भने गायिका खवासको यो डेब्यु गीत हो । उनि द भोइस  किड्स सिजन २ मा सहभागी भएकी थिइन।

नयाँ म्युजिक भिडियो गायक लामाको युट्युव च्यानल ‘निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो। भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहको छ।
To watch video, click on: https://youtu.be/ztXw5eSGiF4
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्