कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट – Janadesh Daily | ePaper

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट


कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।

गोलाप्रथामार्फत भएको बाँडफाँटमा १० हजार ११५ जनाले सेयर पाएका छन् । जसमध्ये १ जनालाई थप १ कित्ता सेयर परेको छ । आइपीओमा कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएका थिए । जसमा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १ लाख १ हजार १५१ कित्ता आइपीओ बिक्री गरेको हो । कुल १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट भइसकेको थियो । त्यस्तै, ५ प्रतिशत अर्थात्  ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आइपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, कुथेली बुखरी स्मल हाइड्रोपावरको वेबसाइट, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्