सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २६.६६ अंकले घटेर दुई हजार २००.५० विन्दुमा पुगेको छ ।
बैंकिङ २७, विकास बैंक १४९, उत्पादन ११४, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा १३४, फाइनान्स ३७, जलविद्युत् १२, जीवन बीमा १४३, व्यापार ९० र होटल तथा पर्यटन उपसमूह ६० अंकले घटेको छ । यस्तै, अन्य उपसमूह ४५ अंकले बढेको छ ।
आज एनआइबीएल ग्रोथ फन्डको सेयर सबैभन्दा धेरै झण्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज किसान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २६५ कम्पनीका दुई करोड नौ लाख कित्ता सेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ ।