पूर्वमिस नेपाल माल्भिका सुब्बाको सम्बन्ध विच्छेद भैसकेको खुलासा – Janadesh Daily | ePaper

पूर्वमिस नेपाल माल्भिका सुब्बाको सम्बन्ध विच्छेद भैसकेको खुलासा


जनादेश सोसल मिडिया वाच।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले दुई वर्षअघि नै श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेको रहस्य खोलेकी छिन् ।

आफ्नो दाम्पत्य जीवनमा आएको उतारचढावबारे उनले अभिनेत्री प्रियंका कार्कीको पोडकाष्ट ‘द फोर्थ ट्राइमेस्टर’मा पहिलोपल्ट खुलेर बताएकी छिन् । आफूले छोरा दुई वर्षको हुँदाबाटै घर छाडेको भए पनि चार वर्षपछि मात्र सम्बन्ध बिच्छेद गरेको उनले बताएकी छिन् ।

माल्भिकाले छोराका लागि हेरिदिए पुग्नेभनेर सम्बन्ध बिच्छेद गर्दासमेत आफूले केही सम्पत्ति नलिएको बताएकी छिन् । ‘मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ । मलाई केही चाहिदैन बच्चाको लागि मात्र हेरदेऊ भनें’ उनले भनेकी छिन्, ‘हामीले समझदारीमै छोराको को–कस्टडी गर्ने निर्णय लियौं । सम्बन्धविच्छेद गरेर पछुताएको होइन तर त्यतिबेला मैले रित्तो महसुस गरेँ ।’

पूर्वपति रियाज र उनको परिवारबारे पनि उनले आफ्ना धारणा सार्वजनिक गरेकी छिन् । रियाज छोराको राम्रो बाबु भए पनि राम्रो श्रीमान् र पार्टनर भने नभएको माल्भिकाले भनेकी छिन् । सासुससुराबारे पनि उनले त्यस्तै धारणा राखेकी छिन् । उनीहरुलाई राम्रो बाजेबजै भनेकी छिन् । आमाबुवाको झगडाले बच्चालाई कस्तो प्रभाव पर्छ भन्ने आफूले बाल्यकालमा भोगेकाले श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोंच राखेको उनी बताउँछिन् ।

सो अन्तर्वार्तामा माल्भिकाले आफू गर्भवती भएपछि नै श्रीमान रियाजसँगको सम्बन्ध बिग्रँदै गएको र नसुल्झिएको बताएकी छिन् । ‘म गर्भवती हुनुभन्दा केहीअघिसम्म जीवन राम्रै चलिरहेको थियो । गर्भवती भएपछि सम्बन्ध झन् बिग्रिँदै गयो । उनले मलाई समर्थन गर्दैनथे भनेर म भन्दिनँ । उनी निकै राम्रो बुवा हुन् । तर पार्टनर र श्रीमानको रूपमा भने मैले धेरै साथ र सहयोग पाइनँ’ उनको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्