‘पियार’मा मल्लिका र अनुजको रोमान्स ( भिडियो ) – Janadesh Daily | ePaper

‘पियार’मा मल्लिका र अनुजको रोमान्स ( भिडियो )


जनादेश, काठमाण्डौं ।  अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  गीतमा गायिका  निखिता थापा र गायक  जनक ताम्राकार युगल गायन रहेको छ। हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ।

उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियोको निर्मात्री दिलु गुरुङ हुन्। भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो।  यसअघि मल्लिका  र अनुज अभिनित ‘नौडाँडा पारी २’  बोलको म्युजिक भिडियो दर्शक स्रोता माझ लोकप्रिय भैसकेको छ।

भिडियो लिंक: https://youtu.be/kZObwuXXxXw

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्