चीनको वी च्याटबाट प्रभावित भएका एलन मस्क, यस्तो हुनेछ अब ट्वीटरको नयाँ फिचर – Janadesh Daily | ePaper

चीनको वी च्याटबाट प्रभावित भएका एलन मस्क, यस्तो हुनेछ अब ट्वीटरको नयाँ फिचर


जनादेश टेक वाच।

हालसालै ट्वीटरको नयाँ लोगो सार्वजनिक गरेका एलन मस्कले नयाँ फिचर थप गर्ने योजना बनाएका छन् । उनले ट्वीटरमा वी च्याटजस्तै तर फराकिलो दायराका सुविधा थप्ने योजना बनाएका हुन् । ४४ अर्बमा ट्वीटर खरिदगरेसँगै उनले नयाँ नयाँ योजना अघि सारिरहेका छन् । वी च्याटलाइ सबै काम गर्ने एपको संज्ञा दिएका उनले ट्वीटरलाई पनि त्यस्तै बनाउन चाहेका हुन् ।

 ‘अब ट्वीटरलाई हामी विस्तृत सञ्चारको माध्यम बनाउनेछौं र त्यहाँबाट वित्तीय कारोबारसमेत गर्न सुविधा हामी थप्ने छौं,’ उनले भनेका छन् । ट्वीटरमा वृहत्तर क्षेत्रका सुविधा थप गरेर आम्दानी बढाउने योजनामा उनी छन् । मस्कले खरिद गरेसँगै विज्ञापनको आम्दानी आधाभन्दा बढीले घट्दा ट्वीटर ऋणको भारमा छ ।

मस्कले वी च्याटको नक्कल किन गर्न खोजे ?
वीच च्याट चीनमा सन् २०११ मा आएको हो । टेन्सेन्ट कम्पीनले बनाएको यो प्रविधि चीनको १ अर्ब ४० करोड जनसंख्याले प्रयोग गर्छन । यसमा म्यासेजिङ, भ्वाइस, भिडिओ कल, फुड डेलिभिरी, सामाजिक सञ्जाल सबै समावेश छन् । यस्तै यस एपमा विद्युतीय भुक्तानी, गेम, समाचार तथा डेटिङ साइटका फिचर पनि छन् ।

लोकप्रिय एक ह्वाट्स एप, फेसबुक, एप्पपल पे, टिण्डर, अमेजनका सबै सुविधा वी च्याटमा रहेका छन् चीनका हेरक व्यक्तिको लत यसमा छ । वी च्याट सुरुवातमा म्यासेजिङ एप थियो । विस्तारै यसले आफ्नो सुवधा थप्दै गएको हो । अहिले वी च्याटमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड थप गरेपछि क्वीआर मार्फत सिधै भुक्तानी गर्न सकिन्छ ।

सरकारले पनि सामाजिक सुरक्षा कार्यक्रम तथा सेवाका लागि वी च्याटनै प्रयो गर्छ । जस्तोकी अस्पतालमा बुकिङ लगायतका सेवामा यसको प्रयोग हुनेगरेको छ । कोभिडको समयमा यसमा हेल्थ कोड राखेर निकैनै उपयोगी काम भएको थियो ।

वी च्याटमार्फत सरकारले हरेक चिनियाँको गोपनीयता हनन गरेको । उनीहरुमाथि निगरानी गरेको आरोप चीनलाई बारम्बार लाग्ने गरेको छ । सबैतिर वी च्याट पुगेकाले पश्चिमा अधिकांश सामाजिक सञ्जाल र समाचार पोर्टल चीनमा बन्देज छन् । यसबाट सरकारले नागरिकलाइ निगरानी बढाएकाले सरकारको आलोचना त्यस एप मार्फत गर्न नसकिने त्रास चिनिँयाहरुमा छ ।

सरकारविरुद्ध केही बोलेमा वा लेखेमा एकाउन्टनै सस्पेन्ड हुने गरेकोसम्म घटना रहेका छन् । ‘यो एपमार्फत नागरिकमा निगरानी बढाएर आफ्नो शासन सत्तामा कुनै चुनौती आइपर्न नदिने सिद्धान्त अनुसार सरकारले काम गरिरहेको छ,’ चिनियाँ मामिला जानकार किज लाओ भन्छन् ।

वी च्याटको नक्कल पश्चिममा सार्थक होला ?

चीनमा वी च्याटको लोकप्रियताको कारण दुई वटा छन् । पहिलो मोबाइलमा वी च्याट समावेश हुनु । र अन्य देशको तुलनामा निकै ढिलो इन्टरनेटको विकास हुनु । त्यसैले वेभ ब्राउजरमा अभ्यस्त अघिनै उनीहरु वी च्याटमा अभयस्त भए । तर पश्चिमाहरू इन्टरनेट दुनियाँमा निकै अघि रहेकाले मस्कको अवधारणाले सार्थकता पाउन गाह्रै रहेको नीती अध्ययनकर्ता साफरको भनाइ छ ।

‘मस्कले सामाजिक सञ्जाल एपमा कारोबारको सुविधा थप गर्ने योजना अघि सारेका छन् । वी च्याटको लोकप्रियता यो कारणले पनि ह्वात्तै बढेको थियो । तर अन्य प्रविधिमा अभ्यस्त पश्चिमाहरुले त्यसैलाई चयन गर्छन् भन्ने कुराको सुनिश्चितता हुँदैन,’ उनले भनिन् । पश्चिमाहरुलाई क्यासलेस र क्रेडिट कार्डरहित बनाउका लागि निकै समय लाग्ने एडिथ यङको भनाइ छ। ‘पश्चिमा समाजलाई क्यासलेस र क्रेडिट कार्ड रहित बनाउन निकै कठिन छ। मस्कको चुनौतीनै यहीँ छ,’ उनले भनिन् ।

चीनमा धेरैले क्यास र क्रेडिट कार्ड स्वीकार गर्दैनन् । उनीहरु वी च्याटमार्फतनै कारोबार गर्दछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्