नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।
यो ऋणपत्र भोलि साउन १८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको समयभित्र बोलकबोल गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने भएको छ । जसको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ ।