नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो – Janadesh Daily | ePaper

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो


यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।

विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ०१ र निर्जीवन बीमा समूहको उपसूचक एक सय १२ दशमलव २५ अङ्कले घटेको छ । बैंकिङ १३ दशमलव २५, विकास बैंक ६६ दशमलव ६८, वित्त ४८ दशमलव ०१, होटल तथा पर्यटन ८४ दशमलव ३६ र जलविद्युत् समूह ३८ दशमलव ५२ अङ्कले घटेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन ७३ दशमलव ६१, लघुवित्त ६० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ७७ दशमलव ३५ र अन्य समूह २६ दशमलव ७९ अङ्कले घटेको छ ।

स्वरोजगार लघुवित्त विकास बैंकको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१ को शेयर मूल्य प्रतिकित्ता नौ प्रतिशतका दरले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू १७ करोड ८९ लाख ३२ हजार दुई सय दुई बराबरको दुई लाख ९९ हजार पाँच सय ९७ कित्ता शेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्