आइफोन फिप्टिनको फिचरः यूएसबी–सी पोर्ट चार्जिङ, जुम लेन्ससहितको टेलिफोटो क्यामेरा – Janadesh Daily | ePaper

आइफोन फिप्टिनको फिचरः यूएसबी–सी पोर्ट चार्जिङ, जुम लेन्ससहितको टेलिफोटो क्यामेरा


जनादेश टेक वाच।

एप्पलले आउँदो महिना सेप्टेम्बरमा आफ्नो वार्षिक सम्मेलनमा आइफोनको नयाँ सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । त्यो नयाँ सिरिज आइफोन १५ हुन सक्ने भन्दै फाेनकाे डिजाइन र अन्य फेरबदल कस्तो होला भनेर मानिसहरूले चासो देखाउन थालेका छन् ।

एप्पले आफ्नो नयाँ फोनसँगै अन्य प्रडक्टहरूबारे जानकारी दिने सम्मेलन अघि नै फोन र प्रडक्टबारे विभिन्न जानकारीहरू लिक हुने गरेका छन् भने हल्लासमेत चल्ने गरेको छ । खासगरी आइफोन १५ मा यूएसबी–सी पोर्ट आउला ? स्क्रिन र फ्रेमबीचको बर्डर पातलो होला ? मूल्य बढाउला र प्रो मोडलहरूमा ठुलो अपग्रेड होला कि ? भन्ने जस्ता जिज्ञासाहरू बढेका छन् ।

 एप्पलले आफ्नो इभेन्टमार्फत घोषणा नगरेसम्म यी सबै कुरा थाहा हुने देखिन्न । तर, यस्ता केही सुधार आइफोन–१५ मा आउनसक्ने आकलन गरिएको छ ।

यूएसबी–सी पोर्ट

आइफोन १५ मा खासगरी युरोपियन युनियनको दबाबसमेत भएका कारण यूएसबी–सी पोर्ट आउने अनुमान गरिएको छ । ईयूले सन् २०२४ सम्म यूएसबी–सी पोर्ट भएमा मात्रै त्यहाँ आइफोन बेच्न पाउने ऐन पारित गरेको छ । एप्पलले ईयू अन्तर्गतका लागि मात्रै टाइप सी पोर्ट ल्याउँछ वा सबैका लागि भन्ने विषय पनि रहने छ ।

सबै मोडेलहरूमा डायनामिक आइल्यान्ड

एप्पलले आइफोन १५ लाइनअप अन्तर्गत चार आइफोन मोडेलहरू ल्याउने र सबैमा डायनामिक आइल्यान्ड फिचर उपलब्ध हुने अनुमान गरिएको छ । आपूर्ति श्रृंखलाको समस्याका कारण आइफोन १५ को बेस मोडेलमा एप्पलको प्रो आइफोन जस्तै उच्च रिफ्रेस दर भने नरहने ठानिएको छ ।

अपग्रेडेड अल्ट्रा वाइडब्यान्ड

आइफोन १५ प्रो र प्रो म्याक्सको भित्री डिजाइन सहज तरिकाले मर्मत हुने किसिमले बनाइएको चर्चा चलेको छ । यस्तै, आइफोन १५ मा अपग्रेड गरिएको अल्ट्रा वाइडब्यान्ड प्रोसेसर हुने बताइएको छ । एप्पलले यू१ भन्ने चिप कम्पनीको नयाँ एआर हेडसेट भिजन प्रोसँग सजिलै इन्टिग्रेट हुने छ । अल्ट्रा वाइडब्यान्ड एक छोटो दुरीको वायरलेस सञ्चार मानक हो । जुन प्रायः वस्तुहरूको स्थान ट्र्याक गर्न पनि प्रयोग गरिन्छ ।

वायरलेस चार्जिङ अपग्रेड

चार्जरल्याबको गत मेको रिपोर्ट अनुसार सबै आइफोन–१५ ले क्यूआई२ स्ट्यान्डर्डको १५ वाटको वायरलेस चार्जिङ सर्पोट गर्ने छन् । यो साँचो भयो भने वायरलेस चार्जिङको एक नयाँ सुरुवात हुने मानिएको छ । आइफोन १५ प्रो म्याक्सले पेरिस्कोप शैलीको टेलिफोटो लेन्स पनि समावेश गर्ने अनुमान गरिएको छ । यसले उच्च अप्टिकल जुमको क्षमता बनाउने छ ।

यस्तै, आइफोन १५ को प्रो मोडेलहरूमा अहिलेको स्ट्यान्डर्ड भोल्युम र पावर बटनको सट्टा सोलिड स्टेट बटन आउन सक्ने ठानिएको छ ।

र्‍याम थपिने

आइफोन १५ का प्रो मोडेलहरूमा यसअघिको प्रो मोडेलमा ६ जीबीको सट्टा ८ जीबी बेसिक र्‍याम हुने अपेक्षा गरिएको छ । तर, बेस मोडेलहरूमा भने ६ जीबी नै र्‍याम हुने ठानिएको छ ।

मूल्य बढ्ने

सन् २००७ मा सार्वजनिक भएयता आइफोनको मूल्य व्यापकरूपमा बढ्दै गएको छ र यस वर्ष पनि मूल्य बढेर आउने अनुमान गरिएको छ । यस्तै, आइफोन १५ को अल्ट्रा मोडेलमा भ्यारिएबल जुम लेन्ससहितको टेलिफोटो क्यामेरा हुने अनुमान गरिएको छ ।

एप्पलले हरेक वर्ष लगभग सेप्टेम्बरमा आफ्नो वार्षिक आइफोन कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यसैले आउँदो महिना फोन सार्वजनिक भएसँगै यसका नयाँ फिचर र विशेषताबारे पूर्ण जानकारी हुने छ ।

सीनेटबाट ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्