बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढेर दुई हजार ०६६.०५ विन्दुमा पुगेको छ ।
होटल तथा पर्यटन १४८, जलविद्युत् ६, उत्पादन ३३, निर्जीवन बीमा १३५, अन्य ७ र व्यापार उपसमूह ३१ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.२३, विकास बैंक ११, फाइनान्स ७, जीवन बीमा ९ र माइक्रोफाइनान्स उपसमूह ५ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै एसियन लघुवित्तको सेयर नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि हिमालयन लघुवित्तको सेयर साढे छ प्रतिशतले घटेको छ ।
यस दिन २६९ कम्पनीका ५५ लाख कित्ता सेयर दुई अर्ब १५ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।