जापानका प्रधानमन्त्री अस्पताल भर्ना – Janadesh Daily | ePaper

जापानका प्रधानमन्त्री अस्पताल भर्ना


टोकियो,

जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना हुनुभएको छ ।

जापानका प्रधानमन्त्री आवे अस्पताल ...

उहाँ स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उहाँ अस्पताल जानुभएको हो ।

क्योदो समाचार संस्थाले उहाँ राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना हुनुभएको जनाएको छ ।

प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उहाँले चेतावनी दिनुभएको थियो ।

तर उहाँकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।

“उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भन्नुभयो । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्