कसैसँग सम्पर्क हुँदैमा तस्करीमा संलग्न भएको भन्न पाइँदैन: राहुल महरा – Janadesh Daily | ePaper

कसैसँग सम्पर्क हुँदैमा तस्करीमा संलग्न भएको भन्न पाइँदैन: राहुल महरा


माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले पछिल्लो समय सञ्चारमाध्यममा आइरहेका समाचारप्रति आपत्ति जनाएका छन् । सुन तस्करीमा महराका बाउ–छोरा मुछिएको भन्ने लाइनमा आएका समाचारप्रति उनले आपत्ति जनाएका हुन् ।

कसैसँग सम्पर्क हुँदैमा तस्करीमा संलग्न भएको नहुने उनको प्रष्टीकरण छ । नियोजितरुपमा चरित्रहत्या गर्ने र राजनीतिक भविष्य समाप्त पार्ने उद्देश्यबाट त्यस प्रकारका समाचार आएका भन्दै उनले तस्करीमा संलग्न भएको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

उनले अनुसन्धानमा दोषी देखिए कारबाही भोग्न तयार रहेको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं।

सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यमबाट एकहोरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौ ।

हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।

राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुनबमोजिम भागिदार हुनेछौ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्