नादेश वाच।
उल्का वर्षाले विश्वभरिको आकाश शनिवारको राती र आइतवार बिहानीपख उज्यालो बनायो। अगस्ट महिनाको मध्यतिर पृथ्वी अन्तरिक्षमा भएको फोहोरको बादल हुँदै सूर्यको परिक्रमा गर्न जाँदा रात्रिकालीन आकाश चम्किलो देखिन्छ।
नाङ्गो आँखाले उल्कापात भएको हेर्न पाउनु अभूतपूर्व अवसर हो। संयोग मिल्यो भने तपाईँ अनौठा पुच्छ्रेतारा पनि देख्न सक्नुहुन्छ। स्विफ्ट-टटल नामक धूमकेतुबाट उत्पन्न उल्कापिण्डहरूलाई पर्सीइड्स भनिन्छ। उक्त धूमकेतुले पनि पृथ्वीले जसरी नै आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गर्छ। तर त्यसो गर्दा एउटा कोण बन्छ।
यस्तो उल्का बालुवाको एउटा टुक्रा जत्तिकै सानो वा मटरको दाना जत्तिकै ठूलो सम्मको हुनसक्छ। यो २,१५,००० किलोमिटर प्रतिघण्टाको गतिमा आएर पृथ्वीको वायुमण्डलमा बज्रिन्छ। बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन।
चम्किला उल्काहरू बन्ने र सक्रिय भइरहने भएका कारण पर्सीइड सावरलाई उत्कृष्ट खगोलीय घटनाहरू मध्ये एक मानिन्छ। पर्सीइड शावर भनेको प्राकृतिक आतसबाजीजस्तै हो। अनि उल्कापात यति धेरै हुन्छ कि एक घण्टामा १०० वटा उल्का देख्न सकिन्छ।
पर्सीइड उल्कापात अवलोकन गरेको पहिलो उपलब्ध लिखित विवरण भने चीनको हान राजवंशका बेलाको रहेको विश्वास गरिन्छ। त्यहाँ सन् ३६ मा खगोलशास्त्रीले यस्तो उल्कापातबारे लेखेका छन्।
विभिन्न संस्कृतिमा यसलाई फरक नामबाट चिनिन्छ। लोरेन्ट्समा उल्लेख गरिएअनुसार क्याथोलिक परम्परामा यसलाई “सेन्ट लरेन्सको आँशु” भनिन्छ।
मेडिटरेनीअन लोककथामा अगस्टमा देखिने यो गतिविधिलाई “आगोको झिल्काको अवशेष” भन्ने पुराना सन्तलाई जिउँदै पोलिएको बताइएको छ। तर रोमनहरूले भन्दा पहिले नै पर्सिया, बेबिलोन, इजिप्ट, कोरिया र जापानमा उल्कापातबारे विस्तृत विवरण दिइएको पाइन्छ।
क्यामराहरूको ठूलो सञ्जालबाट उल्का वर्षाको अवलोकन गर्ने नासाको अल स्काई फायरबल नेटवर्कले यो वर्ष पहिलो पर्सीइड उल्का वर्षा जुलाई २६ मा पहिचान गरेको थियो।