८ अंकले बढेको सेयर बजारमा एक अर्ब ५४ करोडको कारोबार – Janadesh Daily | ePaper

८ अंकले बढेको सेयर बजारमा एक अर्ब ५४ करोडको कारोबार


बिहिबार सेयर बजार ८ अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से ८.०१ अंकले बढेर दुई हजार ०३३.१३ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक १३, होटल तथा पर्यटन ११२, जलविद्युत् ८, जीवन बीमा ९०, निर्जीवन बीमा ५९, फाइनान्स १३, उत्पादन २, माइक्रोफाइनान्स १०, व्यापार ७१ र अन्य उपसमूह ०.२५अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम २ को सेयर १० प्रतिशत र लिबर्टी इनर्जीको सेयर ९.७४ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज लक्ष्मी इक्युटी फन्डको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ ।

यस दिन २७१ कम्पनीको ४० लाख कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्