नेप्से २१.९९ अंकले घट्दा एक अर्ब ४४ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से २१.९९ अंकले घट्दा एक अर्ब ४४ करोडको कारोबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २१.९९ अंकले घटेर दुई हजार ०११.१४ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक ३५, फाइनान्स ११, होटल तथा पर्यटन १०६, जलविद्युत् ५०, जीवन बीमा १३४, उत्पादन ८८, निर्जीवन बीमा १७२, अन्य २३ र व्यापार उपसमूह ३६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कृषि विकास बैंकको डिबेन्चर १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको सेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि फरवार्ड लघुवित्तको सेयर साढे चार प्रतिशतले बढेको छ ।

यस दिन २६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्सको छ करोड ६३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्