दोहोरो अंकले बढेको सेयर बजारमा एक अर्ब ३३ करोडको कारोबार – Janadesh Daily | ePaper

दोहोरो अंकले बढेको सेयर बजारमा एक अर्ब ३३ करोडको कारोबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से १७.६९ अंकले बढेर दुई हजार ०१५.९८ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३७, होटल तथा पर्यटन ७०, जलविद्युत् ३४, जीवन बीमा ५०, उत्पादन ८३, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा १२२, अन्य २१ र व्यापार उपसमूह १६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै खुटेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज लक्ष्मी लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै साढे चार प्रतिशतले घटेको छ ।

यस दिन २७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्