मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको हो ।
गोलाप्रथामार्फत भएको बाँडफाँटमा ७ हजार ४८४ जनाले १० कित्ताका दरले आइपीओ बाँडफाँट गरेको जनाएको छसेयर पाएका छन् ।
कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १ हजार ८६७ जनाको आवेदन रद्द भएको थियो ।
यसको नतिजा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटर, मेरोसेयर एकाउन्ट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।