‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला – Janadesh Daily | ePaper

‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला


कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला भएको छ ।

महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो । नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइट (nepalblockchainconclave.can.org.np) मा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ । यसअन्तर्गत विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच एकै छातामुनि वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले सो कन्क्लेभ सञ्चालन गर्न लागिएको आयोजकले जनाएका छ ।

कन्क्लेभमा विभिन्न ६ देशबाट प्रमुख वक्ताहरू आउने छन् । त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनीहरू, फिनटेक कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहने कन्क्लेभका संमयोजक एवं क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार कन्क्लेभमा करिब ३०० जनाको सहभागीता रहनेछ ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा गरिएको छ ।

कन्क्लेभको सह-आयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्