जर्मनी विलासी कार अउडी आधिकारिक रुपमा नेपाल भित्रिएको छ। काइरोस इन्टरनेसनल काठमाडौंले अउडीका विद्युतीय कार आधिकारिक बिक्रेताको रूपमा नेपाल भित्र्याएको हो । सुरुवाती चरणमा कम्पनीले अउडीका क्यू फोर ३५ ई-ट्रोनको का दुई भेरियन्ट नेपाल ल्याएको छ।
यो विद्युतीय कारमा ५५ किलोवाट पावरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोवट रहेको छ।
अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोटिर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ। विश्वका विभिन्न देशमा अउडीको ई-ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको छ ।
जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको जनाएको छ।
सुरुमा २ मोडल भित्र्याएको कम्पनीले अउडीका अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध गराउने जनाएको छ। विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालेको बताएको छ ।
काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ र अउडीकोक्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ।