नेप्से ५ अंकले बढ्यो, ९८ करोडमा खुम्चियो कारोबार – Janadesh Daily | ePaper

नेप्से ५ अंकले बढ्यो, ९८ करोडमा खुम्चियो कारोबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.०९ अंकले बढेर एक हजार ९९८.४८ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक २६, फाइनान्स २, होटल तथा पर्यटन ४५, जीवन बीमा २४, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १४ र व्यापार उपसमूह १८ अंकले बढेको छ । यस्तै, जलविद्युत् १, उत्पादन २ र अन्य उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपावर कम्पनीको शेसेयर समग्रमा बजार बढे पनि आज स्वाभिमान लघुवित्तको सेयर झण्डै साढे चार प्रतिशतले घटेको छ ।

यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता सेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्