मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ५.०५ अंकले घटेर एक हजार ९९३.४२ विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक २१, फाइनान्स ४, होटल तथा पर्यटन ३५, जलविद्युत् ११, जीवन बीमा ५०, उत्पादन ३१, माइक्रोफाइनान्स ०.६ र अन्य उपमसमूह ३ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा ५ र व्यापार उपसमूह भने ०.८ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त र सामलिङ पावर कम्पनीको सेयर ४.८३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २७८ कम्पनीको ४० लाख कित्ता सेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ ।