आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २९.८१ अंकले घटेर एक हजार ९६०.७८ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जी र सिटी होटलको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।
यस दिन २७६ कम्पनीको ४० लाख कित्ता सेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ ।