सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट – Janadesh Daily | ePaper

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट


सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत भएको बाँडफाँटमा ९ लाख जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

एनआइएमबी एस क्यापिटलका अनुसार उक्त आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजी ३a अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरेको छ। त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशीक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ९० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्