नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पाँच सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ।