एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स – Janadesh Daily | ePaper

एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स


चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । साउनमा ८७ करोड ९८ लाख अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने कमी आएको छ ।
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३९ हजार १५२ रहेको राष्ट्र बैंक्ले जनाएको छ । जुन गत आर्थिक वर्षको साउनको तुलनामा १२.१ प्रतिशतले हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९.५ प्रतिशतले घटेको छ । साउनमा वैदेशिक रोजगारीक लागि १६ हजार ४२३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्