जनादेश, धुलिखेल ।
धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ९८ वर्षिय वृद्धको सात जना परिवार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वर्गीय समाजसेवीको विद्युतिय शवदाहगृह पशुपतिमा अत्यष्टि गरिदै छ भने संक्रमित परिवारका सदस्यहरुलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राख्ने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ ।
यस्तै, धुलिखेल अस्पतालमै कार्यरत ६ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।