टिकटकसहित भारतमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध – Janadesh Daily | ePaper

टिकटकसहित भारतमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध


नयाँदिल्ली : चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । यस कम्पनीले चीन सरकारसँगको सम्बन्धको कुरा भने अस्वीकार गर्दैआएको छ ।

भारत सरकारले हालै उक्त एप्सलाई बन्द गरेको जनाएको हो । यससँगै ५८ वटा एप्स बन्द गरिएका छन् । जहाँ अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो । लद्दाख झडपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्